प्रतितोला ४०० रुपैयाँले बढ्यो सुनको भाउ



काठमाडौँ।

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४०० ले बढेर ९४ हजार पुगेको छ ।

पहेंलो धातु आइतबार प्रतितोला रु ९३ हजार ६०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९३ हजार १०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला पाँचले बढेर एक हजार १६५ तोकिएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्