अपर तामाकोसीले हकप्रद सेयर निष्कासन गर्ने



काठमाडौं ।

राष्ट्रिय गौरवको आयोजना अपर तामाकोसीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हालै बसेको सञ्चालक समितिको बैठकले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

बैठकले यो प्रस्ताव स्वीकृतिका लागि १४औं वार्षिक साधारणसभामा पेस गर्ने निर्णयसमेत गरेको छ । हाल अपर तामाकोसीको चुक्तापुँजी १० अर्ब ५९ करोड रूपियाँ छ । हकप्रद सेयरपछि कम्पनीको चुक्तापुँजी २१ अर्ब १८ करोड रुपियाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्