झापामा एक अर्ब ३१ करोड ५७ लाख बेरुजु



भद्रपुर।

गत आर्थिक बर्ष २०७७÷०७८ मा झापामा एक अर्ब ३१ करोड ५७ लाख ११ हजार बेरुजु रकम देखिएको छ । जिल्लाका १५ वटा पालिकाको कुल लेखा परीक्षक रकम २७ अर्ब ८१ करोड १४ लाख ८९ हजार (आम्दानी र खर्च) मध्ये ४ दशमलव ७३ प्रतिशत रकम बेरुजु देखिएको हो ।

जिल्लाको १५ वटा पालिकामध्ये सबैभन्दा बढी बेरुजु बुद्धशान्ति गाउँपालिकामा ७ दशमलव ५० प्रतिशत, गौरीगञ्ज गाउँपालिकामा ७ दशमलव ४९ प्रतिशत र बिर्तामोड नगरपालिकामा ६ दशमलव २३ प्रतिशत देखिएको छ ।

बुद्धशान्तिको लेखा परीक्षक रकम एक अर्ब ३७ करोड ४९ लाख ९६ हजार रकममध्ये १० करोड ३० लाख ८७ हजार, गौरीगञ्जको एक अर्ब १४ करोड ९४ लाख ३५ हजारमध्ये ८ करोड ६१ लाख २६ हजार र बिर्तामोडको दुई अर्ब ९० करोड ६० लाख ३१ हजारमध्ये १८ करोड ११ लाख ९१ हजार रकम बेरुजु देखिएको हो ।
त्यस्तै कचनकवल गाउँपालिकाको एक अर्ब १४ करोड १९ लाख ६५ हजारमध्ये ७ करोड ८ लाख ८७ हजार (६.२१), शिवसताक्षी नगरपालिकाको दुई अर्ब ५ करोड ३२ लाख ४९ हजारमध्ये १२ करोड ३४ लाख २३ हजार (६.०१), मेचीनगर नगरपालिकाको ३ अर्ब ५० करोड ३९ लाख २ हजारमध्ये २० करोड ५५ रुपैयाँ (५.७१) र बाह्रदशी गाउँपालिकाको एक अर्ब ९ करोड ५२ लाख ५३ हजारमध्ये ५ करोड ७७ लाख ५ हजार (५.२७) प्रतिशत रकम बेरुजु देखिएको छ ।
त्यसैगरी कनकाई नगरपालिकाको एक अर्ब ७० करोड ६१ लाख २१ हजारमध्ये ७ करोड ९३ लाख ५ हजार (४.६५), कमल गाउँपालिकाको एक अर्ब ६१ करोड ४ लाख ८६ हजारमध्ये ६ करोड ८८ लाख ४२ हजार (४.२७), अर्जुनधारा नगरपालिकाको एक अर्ब ७६ करोड ८० लाख ९५ हजारमध्ये ७ करोड १३ लाख ४६ हजार (४.०४) प्रतिशत बेरुजु देखिएको छ ।

त्यस्तै भद्रपुर नगरपालिकाको एक अर्ब ९४ करोड १५ लाख ६८ हजारमध्ये ६ करोड ६७ लाख ३८ हजार (३.४४), गौरादह नगरपालिकाको एक अर्ब ९६ करोड २ लाख ७७ हजारमध्ये ६ करोड २३ लाख ५२ हजार (३.१८), झापा गाउँपालिकाको एक अर्ब ११ करोड ९२ लाख एक सयमध्ये ३ करोड ५५ लाख ५५ हजार (३.१८), दमक नगरपालिकाको ३ अर्ब ३० करोड ८६ लाख १२ हजारमध्ये ८ करोड ३४ लाख १४ हजार (२.५२) र हल्दिबारी गाउँपालिकाको एक अर्ब १७ करोड २२ लाख ९८ हजारमध्ये २ करोड ५६ लाख ८५ हजार (२.१९) प्रतिशत रकम बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ अनुसार कानुन बमोजिम रित नपु¥याई कारोबार गरेको वा राख्नु पर्ने लेखा नराखेको तथा अनियमित तरिकाले कारोबार गरेको खण्डमा गरिएको कारोबारलाई महालेखाले बेरुजु देखाउने गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्