एक्साइडको डिलर मिट कार्यक्रम सम्पन्न



काठमाडौं ।

नेपालस्थित भारतीय एक्साइड इन्डस्ट्रिजको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले डिलर मिट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा एक्साइडका नेपालभरी रहेका सयभन्दा धेरै डिलरहरू, सिप्रदी ट्रेडिङ्ग प्रालिका प्रतिनिधिहरू र एक्साइड इन्डस्ट्रिजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा विभिन्न विधामा सर्वोत्कृष्ट डिलरहरूलाई सम्मान गरिएको थियो । सो कार्यक्रममा डिलरहरूलाई स्वागत गर्नुहुँदै कम्पनीका सीईओ राजनबाबु श्रेष्ठ ज्युले भन्नुभयो – ‘हामी नेपाली बजारमा निरन्तर अग्रस्थानमा रहिरहन सफल हुनुको प्रमुख कारण भनेको हाम्रा वितरकहरूले हामिलाई गर्नुभएको अगाध माया र बलियो विश्वास हो ।’

देशकै नम्बर एक ब्याट्री ब्यान्ड एक्साइड मुख्यतः अटोमेटिभ, दुई पांग्रे, इन्भर्टर तथा सोलार ब्याट्रीको क्षेत्रमा काम गर्दछ । व्यवसाय सहज तथा प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि कम्पनीको नेपालभर बृहत् सेल्स तथा सर्भिस टिम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्