सुनचाँदीको मूल्य बढ्यो



काठमाडौं

नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

यस्तै तेजावी सुन ९४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार १८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। बुधबार चाँदी प्रतितोला एक हजार १७० रुपैयाँमा कारोबार भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्