एनएमबी बैंकले ग-यो फ्लाइवायरसँग समझदारी



काठमाडौं।

एनएमबीले विदेशमा अध्ययनरत तथा विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरूलाई लक्षीत गरी डिजिटल भुक्तानीको लागि फ्लाइवायर कर्पोरेसनसँग द्विपक्षीय समझदारी गरेको छ ।

यो समझदारीसँगै एनएमबी बैंक फ्लाइवायरको तर्फबाट विश्वभरका १ हजार ७ सयभन्दा बढी शैक्षिक संस्थाहरूमा भुक्तानीको लागि नेपालको एक मात्र बैंक भएको छ ।

नेपालबाट विदेशमा अध्ययनरत तथा विदेश अध्ययन गर्न जाने विद्यार्थीहरूले फ्लाइवायरमार्फत् अमेरिका, क्यानडा र अस्ट्रेलियामा अन्तर्राष्ट्रिय शिक्षाको भुक्तानीका लागि कुनै पनि नेपाली बैंकबाटै आफ्नो शैक्षिक खर्च तिर्न सक्नेछन् ।

अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानी गर्न चाहने नेपाली ग्राहकका लागि परम्परागत भुक्तानी प्रक्रिया निकै झन्झटिलो र सुरक्षा जोखिमयुक्त थियोे । त्यसै गरी रकम प्राप्त हुने संस्थामा पनि ट्युसन शुल्कहरू सजिलै ट्रयाक गर्न र विभिन्न मुद्रामा भएको भुक्तानी स्वीकार गर्न पनि गाह्रो हुने तथा धेरै कागजी प्रक्रियाहरू पूरा गर्नुपर्ने बाध्यता थियो ।

हाल एनएमबी बैंक र फ्लाइवायरले सँगसँगै अन्तर्राष्ट्रिय शैक्षिक खर्चको भुक्तानीको लागि एक नयाँ प्रकारको उच्च डिजिटल प्रविधियुक्त सेवा प्रदान गर्ने भएको छ ।

फ्लाइवायरसँगको सहकार्यले हामी ग्राहकका लागि विभिन्न जोखिम हटाई एक सुव्यवस्थित भुक्तानी प्रदान गर्ने लक्ष्य राख्दछौं । हामी विश्वस्त छौं कि यो साझेदारी हाम्रा मूल्यवान ग्राहकका लागि अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानीको लागि एकद्वार समाधानको श्रोतले गर्दा महत्वपूर्ण हुनेछ । एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्