झोलुंगे पुलका लागि संघ सरकारको ल्यायो बजेट



खुसीमाया गुरुङ, लमजुङ

सरकारले लमजुङमा एक दर्जनभन्दा बढी झोलुंगे पुलका लागि बजेट विनियोजन गरेको छ । जिल्लामा आगामी आर्थिक वर्षका लागि विभिन्न स्थानीय तहअन्तर्गतका खोला तथा नदीहरूमा झोलुंगे पुल निर्माणका लागि बजेट विनियोजन गरेको हो ।

जिल्लामा झोलुंगे पुल निर्माणका लागि पाँच लाखदेखि विभिन्न पालिकाअन्तर्गतका झोलुंगे पुलका लागि संयुक्त रूपमा ५० लाख रूपियाँ बजेट विनियोजन भएको छ । सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् झोलुंगे पुल निर्माणका लागि बजेट विनियोजन गरेको हो ।

सरकारले संघको सिफारिसमा स्थानीय तहबाट कार्यन्वयन हुने गरी जिल्लाका ६ वटा स्थानीय तहमा झोलुंगे पुल निर्माणका लागि ४० देखि ५० लाख बजेट विनियोजन गरेको छ । जिल्लामा क्होलासोँथार र दुधपोखरी गाउँपालिकामा झोलुंगे पुल निर्माणका लागि ४०÷४० लाखका दरले बजेट विनियोजन गरेको छ भने मध्यनेपाल, सुन्दरबजार नगरपालिका, मस्र्याङ्दी र दोर्दी गाउँपालिकाको लागि ५० लाखका दरले बजेट विनियोजन गरेको छ ।

क्होलासोँथार गाउँपालिकाअन्तर्गत घिम्चे खोला, चिम्रो खोला, पस्या खोला, जिम्रोखाडी खोला, भोजे बेंसी साल्मे, भोजेबेंसी तल्लो चरागाउँ, चीमरे खुगिखेत कोजे खोलामा झोलुंगे पुल निर्माणको योजना रहेको छ । त्यसै गरी दूधपोखरी गाउँपालिकाअन्तर्गत छिदगिरी कडेरी, बुडीखोला, महाभिर, मजुवा खोला, गईरी कडेरी खोला, डुड एरिया, भालेखोला र सारांगी खोला झोलुंगे पुल योजना रहेका छन् ।

त्यस्तै, मध्यनेपाल नगरपालिकाअन्तर्गत तामाखानी भालुखोला, मध्यनेपाल–१ र २ को खहरे खोला, भदौरे बाँग्रेबेंसी र मिदिम दोभानको बुढा महादेव झोलुंगे पुल योजना रहेका छन् । सुन्दरबजार नगरपालिकामा भने त्रिवेणी मस्र्याङ्दी झोलुंगे पुल र हर्षेटार भत्याहा नाउदी खोला झोलुंगे पुल योजना रहेका छन् ।

मस्र्याङदी गाउँपालिकाअन्तर्गत सिउरीखोला, फ्रोजे खोला, घोप्टे–कालाघिरीङ खोला, आमबोटे खोला, मस्र्याङदी झोलुंगे पुल, मस्र्याङदी–१, केक्याम, बलुवा, डडेरखोला, मस्र्याङ्दी ८ र ९ अन्तर्गत सनोतर आगे मस्र्याङ्दी ४ र ५ जोड्ने श्रीचौर र खानीगाउँमा झोलुंगे पुल योजना रहेका छन् । त्यस्तै, दोर्दी गाउँपालिकाअन्तर्गत लोहखोला, उल्सियोखोला, ओस्यो खोला, दोर्दीखोला, एक्लेफाँट, प्रमु खोला, क्यावेखोला, दुन्दुरे खोला, मस्र्योखोला, छौँदी खोला, ओस्योखोला तल्लो, दोर्दीखोला मुडासु, कर्तिबेंसी, खिंचुबेंसी, हिलेबजार, लामाबगर र तान्जे पुलका लागि बजेट विनियोजन भएको हो ।

स्थानीय तहबाट कार्यन्वय हुनेबाहेक मात्रै पनि पाँच वटा झोलुंगे पुल निर्माणका लागि पाँच लाखका दरले बजेट विनियोज भएको छ । जसमध्ये सुन्दरबजार स्थित नयाँबस्ती पाख्रिन पाउदीखोला झोलुंगे पुल, दोर्दी गाउँपालिकाअन्तर्गत ६ र ८ जोड्ने हिलेबजार झोलुंगे पुल, मध्यनेपालअन्तर्गत लक्ष्मीबजार घारजे झोलुंगे पुल, राईनस स्थित चेपेनदी बौसीरह जोड्ने झोलुंगे पुल र मध्यनेपाल ६ र ७ जोड्ने ढाँड मिदिम खोला झोलुंगे पुल योजना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्