सुनको मूल्य घट्यो, चाँदीको स्थिर



काठमाडौँ ।

साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार तोलामा एक सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

यस्तै तेजावी सुन ९४ हजार २ सय रुपैयाँ कायम भएको छ।

यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार प्रतितोला एक हजार १८५ रुपैयाँमा कारोबार भइरहेको चाँदी सोमबार पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्