सुन्तलाको बोटमा काँडा जस्तो देखिने किरा फैलिएसँगै सुन्तलाको बोटनै पहेलिँदै



काभ्रे । 

जलवायु प्रदुषणका कारण विश्वमानै फैलिएको प्रदुषण तथा रोगव्याधि प्रकोपले नेपालमा पनि समस्या निम्तिएको छ ।

विगत केही बर्ष देखि नेपालका सिन्धुली, रामेछाप लगायतका जिल्लामा देखा परेको फलफुल तथा फलफुलका बोट बिरुवामा लाग्ने औसा किराको नियन्त्रणका लागि प्रयोग गरिदै आएपछि बिषाधिले औसा किरा मार्न सघाएपनि अन्यखालको बोटमै काँडा जस्तो रुपका किरा फैलिदा सुन्तलाको बोटनै मर्ने अवस्थामा पुगेको छन् । यस्तै समस्या धुलिखेल नगरपालिकाको वडा नं ८ बडालगाउँमा देखा परेपछि यहाँका किसानहरु किराको प्रजाति र न्यूनीकरणका लागि जिल्लाका कृषि कार्यालय, नगरपालिका लगायतका निकायमा हारगुहार गर्दैछन् ।

यता जिल्ला कृषि कार्यालयले नगरपालिकोको कृषि शाखाको दायित्व भन्ने र नगरपालिकाको कृषि शाखाले अनुसन्धान गर्ने तयारीमा रहेको नगरका उप प्रमुख निराजन जंगम बताउँनुहुन्छ ।झट्ट हेर्दा काडा जस्तो देखिने खैरो रंगको कभर बनाएर त्यस भित्र बस्ने ब्यागबर्म नामको लार्भा किराले धुलिखेल नगरपालिका वडा नं ८ का गणेश बडालको सुन्तलाको बगैंचामा एउटा रुखमा देखा परेको यो किरा एक हप्ता भित्र झण्डै १५ रोपनी क्षेत्रफलमा रहेका सुन्तलाको बगैंचामा फैलिई सुन्तलाको बोटको रस चुसेर बोटनै मर्ने अवस्थामा पुर्याएको बडाल बताउँनुहुन्छ ।

 

बोटभरी लटरम्म फल लागेको छ किराभने बोटको फेदमा बसेर रस चुसिरहेका कारण फल झर्ने र बोटको पात समेत पँहेलो भएर गएको अवस्थामा आफुले कृषि बिज्ञहरुको ढोका ढक्ढक्याउँदा समेत कुनै सुनुवाई नभएपछि आफैले भेटनरीमा गएर पसलेको सल्लाह अनुसार मेटासिट ल्याएर छर्किएको र काडा जसरी ठडिएका किरा बोटमै टासिने र माटोमा झर्ने गरे पनि पूर्ण रुपमा नमरेको अवस्थामा पुनः सुन्तलाको दानाको वरीपरि खबटे किरा जस्तो देखिने अर्को जातको किरा उब्जिएको छ । यस बर्ष सुन्तला खेतिमा देखिएको समस्या पहिचान नहुँदै बोटनै सखाप हुने चिन्ता बडालमा रहेको छ ।

उहाँले कृषि ज्ञान केन्द्र र नगरपालिकाले यस बिषयमा समयमै चासो दिई ल्याब परिक्षण गरि रोगको पहिचान गरि कसरी निर्मुल गर्न सकिन्छ भन्ने सल्लाह दिनुपर्ने स्थानिय सरकराले व्यवास्था गर्दा सुन्तला खाने बेला सम्म यस्को बोटनै मर्ने चिन्ता बडालको रहेको छ ।

काभ्रे जिल्ला सुन्तला उत्पादनका लागि अति उपयोगी हावापानी भएकै कारण बर्षेनी यहाका किसानहरुले लाखौको सुन्तला उत्पादन गरि देशका विभिन्न ठाउँमा विक्रि वितरण गर्दै अएका छन् । तर कृषि प्रधान देशको कृषि बालीलाई सरकारले व्यवास्ता गरेकै कारण कृषकहरु मारमा परेका छन् ।

कृषकका समस्यालाई राज्यले प्राथमिकता नदिने र कृषि पेशालाई सम्मान जनक रुपमा अघि बढाउँन प्रोत्साहन नदिएकै कारण जिल्लामा उत्पादन योग्य जमिन बझिँदै जानुका साथै कृषकहरु मारमा परेका छन् । कृषकले कृषि बाली लगाउने बेलामा उन्नत जातको बिउ, मल नपाउँनुका सार्थ भएको उत्पादनको बजार समेत नपाएर भौतारिता समेत सरकारले व्यवास्था गरेकै कारण किसानहरु निराश हुँदै जानुपरेको बडाल बताउँनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, अन्न बाली लगाउँदा समयमा मल, बिउ नपाउँनुका साथै बजार समेत राम्रो नपाएकै कारण फलफुल खेतीतर्फ आफ्नै लगानीमा मेहनत गर्दै आएका थियौ । यसमा पनि किराले दुःख दिँदा सम्बन्धीत निकाय, स्थानिय सरकारलाई हार गुहार गर्दा एकपटक स्थानिय सरकारको सम्बिन्धत निकायका प्राविधिकले हेर्न सम्म आएनन र अन्दाजका भरमा करोडौको खर्च गर्न सकिन्न भन्दै कार्यालयमा बसेर सञ्चार माध्यममा बोलेको देख्दा साह्रै दुःख लाग्यो ।

वास्तवमा पहुँचवालाका लागि मात्र सरकार हुने रहेछ किसानलाई सरकारले साथ दिँदो रहेनछ भन्ने कुरा यो घटनाले अझ स्पष्ट पार्यो । म सबैतिर दौडन र गुनासो गर्न सक्ने व्यक्तिले हार गुहार गर्दा त सहयोग पाईन भने कहाँ जाने कस्लाई भन्ने केही थाहा नपाएको किसानलाई कस्ले सहयोग गर्ला ? नेपालका युवा शक्ति मरुभूमिमा रगत पसिना बगाउन बाध्य बनाउने अरु कोही नभएर नेपाल सरकार स्वयम हो ।

यदि युवा शक्तिको ज्ञान, सीप, जोस, जाँगरको सही सदुपयोग गरेर प्रोत्साहन गर्ने, समयमा गुनासोको सुनाई गरि अध्ययन अनुसन्धान गर्ने र निराकरणको बाटो खोज्ने हो भने नेपालका नागरिकले विदेशी भूमिबाट खाद्यान्न, फलफूल आयात गर्नुनै पर्ने थिएन बडाल भन्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्