एनआईबीएल एस क्यापिटल र उपाय बिजनेसबीच समझदारी



काठमाडौं ।

नेपाल इन्भेस्टमेन्ट बैंकको पूर्ण स्वािमत्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेड र उपाय बिजनेस सोलुुसनबीच आफूले दिइरहेका सेवाहरूमा समन्वय गरेर दुवै संस्थाका ग्राहक लाभान्वित हुने गरी सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उर्फ समझदारी पत्रमा एनआईबीएल एस क्यापिटलको तर्फबाट नायव महाप्रबन्धक सचिन्द्र ढुंगाना र उपाय बिजनेस सोलुुसनको तर्फबाट महाप्रबन्धक राजु के सीले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौतापश्चात् दुवै संस्थाका ग्राहकको व्यवसायी जटिलताको बृहत् रूपमा समस्या समाधान गर्नुका साथै धितोपत्र बजार तथा लगानीसम्बन्धी सम्पूर्ण सेवाहरू समेत प्रभावकारी रूपमा ग्राहकलाई उपलब्ध गराइने भएको छ ।

भविष्यमा दुवै संस्थाका सहकार्यमा धितोपत्र बजार र लगानीसम्बन्धी सचेतनामूलक कार्यक्रम पनि विभिन्न चरणमा सञ्चालन गरिनेसमेत जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्