नेपाल इन्सुरेन्सको २१ लाख ५७ हजार कित्ता सेयर बिक्रीमा



काठमाडौं।

नेपाल इन्सुरेन्सका संस्थापकले आफ्नो स्वामित्वमा रहेको २१ लाख ५७ हजार ६१५ कित्ता सेयर बिक्री खुला गरेका छन् ।

जसमा आईएमई लिमिटेड, आईएमई इन्भेस्टमेन्ट प्रालि र आईएमई होल्डिङ प्रालिको नाममा समान सात लाख १९ हजार २०५ कित्ता सेयर छ । यसमा नेपाल इन्सुरेन्सकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले सूचना जारी भएको मिति अर्थात् २४ असारदेखि ३५ दिनभित्र नेपाल इन्सुरेन्सको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्