सुनको मूल्य स्थिर, चाँदीको घट्यो



काठमाडौं ।

नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार पनि सोही मूल्य कायम भएको छ ।

तेजावी सुन ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार चाँदी भने घटेको छ। आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार १७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्