नयाँ मोडलका दाहुवाका सीसीटिभी आयात



काठमाडौं  ।

नेपाली बजारमा दाहुवाको अधिकारिक आयातकर्ता तथा बिक्रेता कम्पनी विध म्यानेजमेन्टले नयाँ मोडल तथा अत्याधुनिक सीसीटिभी आयात गरेको छ ।

कम्पनीले घर, अफिस, टोल—बस्ती, स्कुल कलेज, सपिङ्ग मल, हाउजिङ्ग, अपार्टमेन्ट तथा हाइवेका लागि उपयुक्त हुने किसिमका अत्याधुनिक क्यामराहरू उपलब्ध गराउने भएको छ ।हाल आयात गरिएका सीसीटिभीमा अहिले बजारमा उपलब्ध भइरहेका भन्दा आधुनिक सेडुयल एआई टेक्नोलोजीमा आधारित, स्मार्ट मोसन डिटेक्सन प्लस, फेस डिटेक्सन-रिक्कनाईजेसन, पेरिमिटर डिटेक्सन गर्ने, नाईट कलर फ्युजन टेक्नोजोली सहित आवाज रेकडिङ्ग गर्नसक्ने विशेष सुविधाहरू रहेको कम्पनीले जनाएको छ ।

त्यसै गरी मानिस तथा सवारी साधानको आवत जावत तथा चहलपहल मात्र रेकडिङ्ग गर्ने फोर के रियल टाईम फिचर भएको, हाइवेमा उपयुक्त हुने पीटी जेडलगायतका अटो नम्बर प्लेट डिटेक्सन, यातायातका साधनका मोडल र रंग पत्ता लगाउने भेइकल मेटा डाटा, मानिसहरूले मास्कलगायत पनि अनुहार पत्ता लगाउने ह्युमन मेटा डाटा, तापक्रम पत्ता लगाउन सक्ने थर्मल क्यामराहरू आयात गरेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्