हाइड्रोको आईपीओमा ३ गुणा बढी आवेदन



काठमाडौं, (नेस) ।

अपर सोलु हाइड्रोको आईपीओमा ७१ करोड १ लाख ७१ हजार रुपियाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार मंगलबार बिहान १० बजेसम्ममा ६ लाख ७ हजार १ सय ७ जनाले ७१ लाख १ हजार ७ सय १० कित्ताका लागि आवेदन दिएका छन् ।

यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ३ दशमलव ९० गुणा बढी आवेदन हो । कम्पनीले सोमबार ९ असार २० गतेबाट सर्वसाधारणका लागि १९ करोड ५७ लाख ५० हजार रुपियाँ बराबरको आईपीओ जारी गरेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १९ लाख ५७ हजार ५ सय कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

योमध्ये ९७ हजार ८ सय ७५ कित्ता सामूहिक लगानी कोष र ३९ हजार १ सय ५० कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको छ । बाँकी १८ लाख २० हजार ४७५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।२३ असारसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

यसमा एनएमबी क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले अपर सोलु हाइड्राको आईपीओलाई मध्यम जोखिम आधार जनाउने ‘इक्रएनपी आइआर डबल बी प्लस’ रेटिङ दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्