नेप्से परिसूचकको उकालो यात्रा



काठमाडौं ।

सेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ५८ अङ्कले उकालो लागेको छ । पछिल्ला केही दिनदेखि नेप्से परिसूचकले उकालो यात्रा तय गरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५७ दशमलव ६५ अङ्कले उकालो लागेर दुई हजार ८६ दशमलव४२ मा पुगेको छ । त्यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १० दशमलव २१ अङ्कले उकालो लागेर ३९८ दशमलव ८२ मा पुगेको छ ।

नेप्सेको उकालो यात्रासँगै कारोबार रकमसमेत वृद्धि भएको छ । कुल २३१ कम्पनीको ६२ लाख २७ हजार ६९२ कित्ता सेयर रु दुई अर्ब ४८ करोड चार लाख ७३ हजार ९९९ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका १३ उपसमूहको सेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ १६ दशमलव ८३, व्यापार १७४दशमलव ८६, होटल तथा पर्यटन ९४ दशमलव८७, विकास बैंक ११८ दशमलव४३, जलविद्युत् १२८दशमलव ६२, वित्त ६५ दशमलव९९, निर्जीवन बिमा १८२दशमलव ८, उत्पादन २५०दशमलव४१, अन्य ७२ दशमलव६७, लघुवित्त १३९दशमलव १६, जीवन बिमा १७० दशमलव ५९, सामूहिक लगानी कोष ० दशमलव ६ र लगानी २ दशमलव ३६ अङ्कले उकालो लागेको छ ।

साताको पहिलो दिनको कारोबारपछि बजार पुँजीकरण २९ खर्ब ७४ अर्ब ७० करोड ९३ लाख ९३ हजार ७९७ बराबर पुगेको छ । कारोबारका आधारमा न्यादी ग्रुप पावर शीर्ष स्थानमा छ । सो कम्पनीको २२ करोड २८ लाख ६९ हजार ८८९ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी आठ करोड ८१ लाख ३८ हजार, शिवम् सिमेन्ट ६ करोड ९७ लाख ८५ हजार ९०६, एनआईसी एसिया बैंक ६ करोड ८९ लाख आठ हजार ५७४ र नेपाल पुनर्बिमा कम्पनी ६ करोड २६ लाख ८१ हजार ३८२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

छ कम्पनीको सेयर मूल्यमा सर्किट

नेप्सेका अनुसार आइतबारको कारोबारमा विभिन्न ६ कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । नेप्सेकाअनुसार साल्ट टे«डिङ कर्पोरेसन, हिमालयन पावर पार्टनर, माथिल्लो तामाकोशी, सान्जेन जलविद्युत् कम्पनी, नेस्डो समृद्धि लघुवित्त र सीवाइसीएल नेपाल लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतको वृिद्ध भयो । रसुवागढी हाइड्रोपावर, मध्य भोटेकोशी जलविद्युत् कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य नौ प्रतिशत बढीले वृद्धि भयो ।

यस्तै, बैंक अफ काठमाडौं ९दशमलव ३१, न्यादी ग्रुप पावर ३ दशमलव २३, प्रभु सेलेक्ट फन्ड ३ दशमलव १८, नबिल ब्यालेन्स फन्ड तेस्रो २ दशमलव ५५ तथा सिटिजन म्युचुअल फन्ड एकका लगानीकर्ताले २ दशमलव १९ प्रतिशतले गुमाए ।

 

प्रतिक्रिया दिनुहोस्