एन आई सी एसिया बैंकको मोबाइल बैंकिङ्ग एप स्तरोन्नति



काठमाडौं (नेस) ।

नवीनतम प्रविधिद्वारा बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको यस एनआईसी एसिया बैंकले ओमिनी च्यानल प्रणालीमा आधारित मोबाइल बैंकिङ्ग एपको शुभारम्भ गरेको छ ।

‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीतिअनुरूप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रूपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले यस बैंकले यस ओमिनी च्यानल एपमार्फत् जुनसुकै स्थानबाट, जुनसुकै समयमा स्मार्ट फोनबाटै अधिकतम बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले बैंकमा खाता भएका एवं नभएका ग्राहक महानुभावलाई लक्षित गर्दै यो नयाँ सेवाको शुभारम्भ गरेको हो ।

हालका एनआईसी एसिया मोब्याङक प्रयोगकर्ताले वर्तमान एनआईसी एसिया मोब्याङक एपलाई अपडेट गरी ओमिनी च्यानल एपमा स्तरोन्नति गर्न सकिने भएको छ ।‘सबथोक यसमै छ’ भन्ने नाराका साथ शुरू गरिएको ओमिनी च्यानल एपबाट ग्राहकले अधिकतम बैंकिङ्ग सेवाहरू सहज एवं सरल रूपमा उपभोग गर्न सकिने बैंकले जनाएको छ । बंैकले निकट भविष्यमा अझ बढी सेवाहरू यसै एपमार्फत् दिन तयारी बैंकले गरिरहेको छ ।

स्तरोन्नतिपश्चात् यस एपबाट ग्राहक महानुभावहरूले नगद जम्मा तथा चेक जम्मा गर्न आवेदन दिनेदेखि नयाँ डेबिट कार्ड तथा प्रिपेड डलर कार्ड अनुरोध, मुद्दती खाता खोल्न, चेक अनुरोध, ई–कमर्स चालु, स्किम ट्रान्सफर, लकर सुविधा लिन लगातका धेरैभन्दा धेरै बैंकिङ्ग सेवाहरू ओमिनी च्यानलमार्फत् डिजिटल प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

साथै, यस बैंकमा खाता नहुनुभएको महानुभावले पनि यस एप डाउनलोड गरी डिजिटल वालेटको रूपमा प्रयोग गर्न सक्नुहुनेछ । जसबाट समेत क्यूआर भुक्तानी, युटिलिटी बिल भुक्तानीलगायत अनेकौं सेवा लिन सक्नुहुनेछ । ग्राहक महानुभावको उक्त वालेटमा केवाईसी अद्यावधिक गरेपश्चात् भने सो वालेट प्रयोगकर्तालाई बैंकको खातावाला बन्नसमेत सकिने व्यवस्था बैंकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्