नबिल बैंकले एनबी बैंकलाई प्राप्ति गर्न राष्ट्र बैंकबाट पायो स्वीकृति


काठमाडौं ।

नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई नेपाल बंगलादेश बैंक प्राप्ति गर्न अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले उक्त कम्पनीलाई प्राप्तिका लागि अन्तिम स्वीकृति दिएको हो । अब कम्पनी रजिस्ट्रारको कार्यालयले पनि स्वीकृति दिएपछि एकीकृत कारोबार प्रक्रिया अघि बढ्नेछ ।

नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई १००ः४३ सेयर स्वाप अनुपातमा प्राप्ति गर्न लागेको हो । अर्थात् नेपाल बंगलादेश बैंकको १०० कित्ता सेयर हुनेले प्राप्तिपछि बन्ने नबिल बैंकको ४३ कित्ता सेयर पाउनेछन् । दुवै कम्पनीको गएको ७ जेठमा बसेको छुट्टाछुट्टै विशेष साधारणसभाले प्राप्तिसम्बन्धी प्रस्ताव पारित गरेको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।