बंगलादेश बैंक र नबिल बैंकको मर्जर पूरा



काठमाडौं  ।

नेपाल बंगलादेश बैंक र नलिब बैंकबीचको मर्जर पूरा भएको छ । बुधबार बसेको राष्ट्र बैंक सञ्चालक समितिले यी बैंकलाई मर्जरको अन्तिम स्वीकृति दिने निर्णय गरेसँगै प्रक्रिया पूरा भएको हो ।

राष्ट्र बैंकको पत्र प्राप्त गरेपछि र कम्पनी राजिष्ट्रारको कार्यालयबाट एउटै कम्पनीको अनुमति ल्याएपछि बैंकले एकीकृत कारोबार सुरु गर्ने तयारी गरेकाे छ।

नबिल बैंकले बंगलादेश बैंकको १ सय कित्ता सेयरलाई आफ्नो ४३ कित्ता हुने गरी ( १०० : ४३)  सेयर मिलान अनुपातमा गाभ्न लागेको हो । मर्जरपछि बन्ने नयाँ बैंकको प्रमुख कार्यकारी अधिकृतमा बंगलादेशका निवर्तमान सीइओ ज्ञानेन्द्र ढुंगाना हुने निश्चित भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्