सहज च्यालेन्ज फन्डका लागि आवेदन खुल्यो



काठमाडौं  ।

सहज भनेर पनि चिनेने नेपाल कृषि बजार विकास कार्यक्रम र आईडिया स्टुडियो नेपालको सहकार्यमा ‘सहज च्यालेन्ज फन्ड दोश्रो चरणका लागि आवेदन खुल्ला गरेको छ ।

विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा कृषि मन्त्रालय प्रदेश १ का सचिव मेगनाथ तिमल्सिना, पशुपंछी तथा मत्स्य विकाश निर्देशनालयका प्रमुख डा. पशुपति ढुंगाना, खाद्य प्रविधि तथा गुण नियन्त्तण कार्यालयका प्रमुख राजकुमार रिजाल,मोरंग व्यापार संघका अध्यक्ष नविन रिजाल, कृषि बजार विकास कार्यक्रमका टिम लिडर रिक भेन डर क्याम्प, व्यवसाय सक्षम वातावरण र

संघीय राज्य भवनका प्रबन्धक श्री विष्णुप्रसाद काफ्ले, कृषि सेवा कृषि सेवा व्यवस्थापककी प्रबन्धक शुभेच्छा श्रेष्ठ, कृषि सेवा दीर्घकालीन परामर्शदाताका उत्कर्ष प्रसाद, आईडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामा, आईडिया स्टुडियो नेपालका कर्मचारीसहित ५० भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको थियो ।
दूग्धजन्य उत्पादनमा नवीनतम सोच भएका स्टार्टअप, साना तथा मझौला उद्यमी र स्थापित सस्थाहरूले यसमा आवेदन दिन

सक्ने छन् । आवेदकहरूले प्रदेश नम्बर १ मा दुग्धजन्य उद्योग क्षेत्रमा पहिचान भएका दुग्धजन्य उत्पादन विविधीकरणसँग सम्बन्धित चुनौतीहरूलाई सम्बोधन गर्ने समाधान प्रस्तुत गर्नुपर्नेछ ।आवेदकहरूको नवीनतम सोच दुग्धजन्य उत्पादन सम्बद्ध नवप्रवर्तनात्मक, समाधानमुखी र व्यवसायिक सम्भाव्यता भएको हुनुपर्नेछ ।

सहज च्यालेन्ज फन्डको दोस्रो चरणको कुल बजेट २ करोड नेपाली रुपैयाँ रहेको छ । फन्डअन्तर्गत निजी व्यवसाय तथा उद्यमीहरूले न्यूनतम ५ लाख देखि ५० लाख नेपाली रुपैयाँसम्म प्राप्त गर्नेछन् । यसरी छनोट गरिएका आवेदकले नगद राशीसँगै व्यवसाय अगाडि बढाउन एक वर्षसम्मका लागि विभिन्न किसिमका प्राविधिक सहयोग पनि पाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्