ई–सेवाको विशेष अफर



काठमाडौं ।

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ई–सेवाले मंगलबार परेको अन्तर्राष्ट्रिय बिमा जागरुकता दिवसका अवसरमा विशेष अफर सार्वजनिक गरेको छ ।

ई–सेवामार्फत भुक्तानी गर्दा ईसेवाले हाल सञ्चालन गरिरहेको लखपति योजनामा समेत सहभागी हुन सकिनेछ । ईसेवाले बिमितहरूले घरमै बसेर बिमा शुल्क भुक्तानी गर्न प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले बिमितका लागि लखपति योजना सञ्चालन गरिरहेको छ । भदौ ५ गतेसम्म सञ्चालन हुने यस योजनामा इसेवाबाट कुनै पनि जीवन बिमा कम्पनीको बिमाशुल्क भुक्तानी गर्ने व्यक्तिहरू मध्येबाट बम्पर उपहारमा एक जनाले एक लाख रुपैयाँ उपहार प्राप्त गर्नेछन् ।

यस्तै, उपहार विजेता बिमितको बिमा एजेन्ट र सोही एजेन्टको शाखा कार्यालयले पनि २०÷२० हजार नगद उपहार प्राप्त गर्नेछन् । यसैगरी, योजना सञ्चालन अवधिभर बिमा शुल्क भुक्तानी गर्नेहरूमध्येबाट हरेक दिन एक जनाले गोलाप्रथामार्फत एक हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यो योजना नेपालमा सञ्चालित सबै बिमा कम्पनीको शुल्क भुक्तानी गर्दा लागू हुने कम्पनीले जनाएको छ । ईसेवाले पछिल्ला दिनमा इन्स्योरेन्सको प्रिमियम अनलाइनबाट भुक्तानी गर्न प्रोत्साहन गर्नका लागि विभिन्न अफर तथा योजना सार्वजनिक गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्