सुनचाँदीको मूल्य स्थिर



काठमाडौँ ।

साताको कारोबारको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोलामा ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य मंगलबार पनि स्थिर रहँदै सोही मूल्यमा कारोबार भइरहेको छ।

यस्तै तेजावी सुन ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी मंगलबार चाँदी पनि स्थिर रहँदै प्रतितोला एक हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्