सिटिजन्स बैंक र अलफ्टबीच समझदारी



काठमाडौं ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र छायाँदेवी कम्प्लेक्समा रहेको अलफ्ट काठमाडौं ठमेलबीच सिटिजन्स बैंकका कार्डबाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपश्चात् सिटिजन्स बैंकका कार्डवाहकहरूले अलफ्ट होटलको नुक रेस्टुरेन्ट, रिःफ्युलकफी सप र एक्वाबारमा १० प्रतिशतसम्म छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले हालसम्म कार्ड नभएका ग्राहकलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्थासमेत गरेको छ ।त्यसैगरी आफ्ना कार्ड वाहकको सुविधालाई ध्यानमा राखी नेपालभित्रका जुनसुकै बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने व्यवस्था पनि बैंकले विभिन्न वचत खातामा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्