कामना सेवा विकास बैंकद्वारा नयाँ शाखा सञ्चालन



काठमाडौं ।

कामना सेवाविकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरूमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ थप नयाँस्थानमा मोबाइल एपमार्फत् शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ ।

बैंकले सेवाविस्तार गर्ने कैलालीको जानकी गाउँपालिका–५ को अमौरामा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।जानकी गाउँपालिका–५अमौरास्थित राम चौधरी तयारी पोसाक उद्योगलाई शाखारहित बैंकिङ्ग सञ्चालनका लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ । वडाअध्यक्ष भीमबहादुर चौधरीले उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरी सेवा शुभारम्भ गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्