युनाइटेड सिमेन्ट्सद्वारा स्कुल ड्रेस वितरण



काठमाडाै ।

युनाइटेड सिमेन्ट्सले महादेव खोला, लेलेका सरकारी तथा निजी विद्यालयमा अध्यनरत ७३ विद्यार्थीलाई स्कुल ड्रेस वितरण गरेको छ ।

युनाइटेड सिमेन्ट्सको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महादेव युवा क्लबका अध्यक्ष अर्जुन लामाको अध्यक्षतामा गरिएको सो कार्यक्रममा युनाइटेड सिमेन्ट्सका खानी प्रबन्धक हरिकुमार उप्रेतीले स्कुल ड्रेस वितरण गरेका हुन् । सो कार्यक्रममा एसएम रोडा ढुंगाको पनि योगदान रहेको थियो ।

युनाइटेड सिमेन्ट्सले विगतमा पनि स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा विभिन्न सामाजिक कार्यक्रम गरेको थियो र भविष्यमा पनि यस्ता किसिमका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्