सुनचाँदीको मूल्य स्थिर



काठमाडौँ ।

साताको कारोबारको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार स्थिर रहेर सोही मूल्यमा कारोबार भईरहेको छ ।

यस्तै तेजावी सुन प्रतितोलामा ९७ हजार २ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

यसैगरी आज चाँदीको मूल्य पनि स्थिर रहेर १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्