सुनको मूल्य बढ्यो, चाँदीको स्थिर



काठमाडौँ ।

साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ ।आइतबार प्रतितोला १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज (सोमबार ) स्थिर रहेर
सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्