सुनचाँदीको मूल्य बढ्यो



काठमाडौं ।

साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार तोलामा ५ सय रुपैयाँले बढेर ९७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। ।

यस्तै तेजावी सुन प्रतितोला ९७ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

यसैगरी , आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहिबार चाँदी प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्