प्रतितोला ८ सय रुपैयाँले बढ्यो सुनको भाउ, चाँदीको कति ?



काठमाडौँ ।

साताको पाँचौं कारोबारको दिन बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

यसैगरी बिहीबार चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार २४५ रुपैयाँमा कारोबार भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्