चिनीको मुल्य बढ्याे, प्रतिकिलो कति पुग्यो ?



काठमाडौं ।

बजारमा चिनीको मूल्य प्रतिकिलो १० रुपैयाँले वृद्धि भएको छ । एकैपटक किलोमै २० रुपैयाँले महँगिएर खुद्रा बजारमा चिनीको मूल्य प्रतिकिलो ११० रुपैयाँ पुगेको हो ।

नेपाल खुद्रा व्यापार संघका अनुसार सरकारले आफ्नो स्वमित्वको संस्थानलाई चिनी ल्याउन राेक लगाएपछि व्यापरीले चिनीको मूल्य प्रतिकिलो १० रुपैयाँले बढाएर एक सय रुपैयाँ पुर्याएका थिए । भारतले चिनी निर्यातमा रोक लगाए पछि मूल्य थप १० रुपैयाँले बढेर ११० रुपैयाँ पगेको संघले जनाएको छ ।

पछिल्लो समय चिनीको होलसेल मूल्य बढेर आएकाले आफूहरू पनि चिनीको मूल्य बढाउन बाध्य भएको खुद्रा व्यापारीको भनाई छ । गत जेठ १८ बाट लागू हुनेगरी भारतले चिनी निर्यातमा रोक लगाएको छ । उत्पादक र ठूला व्यापारीले चिनी लुकाएका कारण बजारमा चिनीको अभाव सिर्जना भएको हाे  ।

प्रतिक्रिया दिनुहोस्