नेपाली बजारमा नम्बर १ स्मार्टफोन बन्दै रेडमी नोट ११



काठमाडौं ।

इन्टरनेसनल डाटा कर्पोरेसनको वल्ड वाइड क्वाटर्ली मोबाइल फोन ट्र्याकर, क्यु १ ले रेडमी नोट ११ नेपालको नम्बर १ स्मार्टफोनमा रहेको बताएको छ । साओमीले, पूर्व ७ त्रैमासिकदेखि लगातार नेपाली बजारमा शीर्ष स्मार्टफोन कम्पनीको रूपमा आफ्नो स्थान कायम गर्दै आएको छ ।

रेडमी नोट ११ नेपालमा सबैभन्दा बढी सिप गरिएको स्मार्टफोन हुनुको साथै, रेडमी १० प्राइम २०२२ र रेडमी ९ए पनि शीर्ष स्थानमा रहन सफल भएको छ ।रेडमी नोट ११, साओमी १२ सिरिजजस्ता लन्चको कारण ब्रान्डको बजारमा उल्लेखनीय वृद्धि देखिएको कम्पनीले दाबी गरेको छ । यसका साथै साओमीले एस १ एक्टिभ, वाच लाइट, टिभी स्टिक, मी ट्रिमर, मीस्मार्ट ब्यान्ड ब्यान्ड ६, र रेडमी सोनिक बास वायरलेस इयरफोन, पावरब्यान्क आदिसहित नेपालमा ३० वटा नयाँ इकोसिस्टम उत्पादनहरू पनि लन्च गरेको छ ।

यसका अतिरिक्त, अफलाइन नेटवर्क विस्तारको कारणले ब्रान्डको समग्र वृद्धिमा योगदान पु¥याएको छ । अहिले नेपालमा आफ्नो उपस्थिति सुदृढ गर्दै, साओमीले देशभरिमा ३हजार भन्दा धेरै अफलाइन पार्टनर स्टोर र १५भन्दा बढी अधिकृत स्टोर स्थापित गरेको छ । कम्पनीको हाल नेपालको विभिन्न स्थानमा एक बलियो वितरण नेटवर्क रहेको छ । उनीहरूले विशेष अधिकृत सेवा केन्द्रको साथ साथै नेपालमा ग्राहकको आवश्यकतालाई पूरा गर्नका लागि एक समर्पित सेवा वेयरहाउसकोे माध्यमबाट मजबुत आफ्टर सेल्स सेवासँगै बजारमा आफ्नो स्थान बलियो बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्