लुम्बिनीको गरिबीलाई १० प्रतिशतमा झार्ने लक्ष्य



बुटवल ।

लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले प्रदेशको १६ प्रतिशत गरिबीलाई १० प्रतिशतमा झार्ने लक्ष्यका साथ बजेट आउने बताउनुभएको छ । प्रदेशको बजेट ३७ अर्बभन्दा माथिको नबनाउने समेत उहाँले बताउनुभयो ।

३५ अर्ब रकम प्रदेशमै भएको र त्यसलाई केही बढाएर लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०७९–०८० को लागि बजेट ३७ अर्ब सम्मको बनाइने बताउनुभयो । सोमबार बुटवलमा आयोजित एक कार्यक्रममा उहाँले ठूलो आकारको बजेटभन्दा खर्च हुने आकारको सानो बजेट आउने बताउनुभयो । उहाँले कृषि, स्वास्थ्य र शिक्षालाई केन्द्रमा राखेर बजेट बन्ने र कृषिमा ९० प्रतिशत अनुदान कटौती नगरी कृषकहरूलाई सहुलियत ऋणको व्यवस्था गरिने बताउनुभयो ।

लुम्बिनी प्रदेशको बजेट नआउँदै योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले कृषि उत्पादन बढाउनका लागि कृषकलाई कृषि विकास बैंक र सहकारीबाट सहुलियत ब्याजमा ऋणको व्यवस्था गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्