प्रतितोला ६ सय रुपैयाँले घट्यो सुनको भाउ



काठमाडौँ ।

साताको कारोबारको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

यस्तै तेजावी सुनको भाउ तोलाको ९७ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

यसैगरी आइतबार चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी तोलाको एक हजार २९० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्