प्रतितोला ९ सय रुपैयाँले बढ्यो सुनको भाउ, चाँदीको कति ?



काठमाडौँ ।

साताको कारोबारको अन्तिमदिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन तोलाको ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी शुक्रबार चाँदीकाे भाउ पनि बढेको छ । चाँदी आज तोलामा २५ रुपैयाँले बढेर एक हजार २९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।बिहीबार चाँदी तोलाको एक हजार २६५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्