सुनचाँदीको मूल्य बढ्यो


काठमाडौँ।

साताको कारोबारको पाँचौ दिन बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । बुधबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै तेजावी सुनको भाउ तोलाको ९७ हजार १ सय रुपैयाँ कायम भएको छ ।

यसैगरी बिहीबार चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भएको थियो।

 

 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।