प्रतोतोला ८ सय रुपैयाँले घट्यो सुनको भाउ, चाँदी को कति ?


काठमाडौँ ।

साताको कारोबारको चौंथो दिन बुधबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार २ सय रुपैयाँ कायम भएको छ ।

यस्तै तेजावी सुनको भाउ तोलाको ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

यसैगरी बुधबार चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।हिजो चाँदी तोलाको एक हजार २७० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।