आज वैशाख २८ गते बुधबार, यस्तो छ तपाईंकाे राशिफल



मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । कुटुम्बको सहयोग मिल्नेछ । घरमा अतिथिको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । कुनै कुराले मनमा शान्ति छाउला । अचल सम्पत्ति हात पर्न सक्छ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज महिलाहरूबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक र कृषिको काममा बढी सफलता मिल्नेछ । बढी परिश्रम गर्दा बढी धनार्जन हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । दैनिक कार्यमा सफलता नै मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । मनमा निराशा र शरीरमा आलस्य आउला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । धार्मिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । दैनिक कार्यमा प्रगति हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आफन्तले गरेको प्रगतिमा मन रमाउनेछ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । स्वादिष्ट भोजन पाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज आर्थिक लेनदेनमा समस्या देखा पर्ला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । यातायात वा वाहनमा खर्च पनि बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज नयाँ तथा शुभकार्यको चर्चा र योजना बन्नेछ । स्वास्थ्य समस्यामा सुधार आउनेछ । आर्थिक कारोबार विस्तारै सुधार उन्मुख हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज शुभकार्यको चर्चा चल्नेछ । आफन्तसँग भेटघाट हुनेछ । वशिष्ठ व्यक्तिको साथ पाइनेछ । छोटो दुरीको लाभदायक यात्रा पनि रहला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

–हाम्रो पात्रो

प्रतिक्रिया दिनुहोस्