कर्णाली प्रदेश सल्लाहकार समिति सदस्य शाही माओवादी केन्द्रबाट निष्कासित



सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश कमिटीले प्रदेश सल्लाहकार समिति सदस्य दुर्गबहादुर शाही ‘दामोदर’लाई साधारण सदस्यसमेत नरहने गरि पार्टीबाट निष्कासित गरिएको छ । शाहीले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता गराएको भन्दै निष्कासित गरेको गरिएको हो ।

उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेको भन्दै पार्टी निष्कासित गरेको प्रदेश कमिटीकी अध्यक्ष विमला केसीले जानकारी दिए ।जाजरकोटको जुनीचाँदे गाउँपालिकामा अध्यक्ष पदको उम्मेदवारका लागि पार्टीकाबाट शिवा आचार्य बस्नेतलाई उठाइएको थियो,’ केसीले भनिन्, ‘बागी उम्मेदवारको रूपमा उहाँले उम्मेदवारी दर्ता गराउनुभयो । त्यसपछि हामीले उम्मेदवारी फिर्ता लिन बारम्बार आग्रह गर्दा पनि अटेरी बनेपछि केन्द्रको निर्णयबमोजिम कारबाही गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्