पर्यटक चढेको गाडी दुर्घटना, ५ जनाको मृत्यु



काठमाडौं ।

पर्यटक चढेको गाडी दुर्घटना हुँदा ५ जना पर्यटकको मृत्यु भएको छ । पर्यटक बोकेको गाडी सिन्धुलीबाट काठमाडौं आउँदै गर्दा यात्रुवाहक जिपसँग ठोक्किदा भारतीय पर्यटकको मृत्यु भएको हो ।

गाडी आज (बुधबार) मध्यान्ह सवाबाह्र बजे काभ्रेको रोशी गाउँपालिका बढुवेशीमा दुर्घटनामा परेको थियो । प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ । १८ जना घाइते छन् ।

युपी ५८ टी ८१८१ नम्बरको गाडी र ना १ ज ४२१० नम्बरको जिप आपसमा ठक्कर खाएपछि दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएकाहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ भने मृत्यु हुनेहरूको हालसम्म पहिचान खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्