मंगलम पाइप्सद्वारा कर्मचारीलाई सम्मान



काठमाडौं  ।

सीपीभीसी पाइप्स र फिटिंग्स उत्पादक तथा नेपालको पोलीमर पाइपिङ उत्पादक र नियार्तकर्ता मंगलम इन्डस्ट्रिज प्रालिले भैरहवास्थित कारखानामा सेल्स रिभ्यु कार्यकम आयोजना ग¥यो ।

यसै अवसरमा मंगलम पाइप्सले उद्योग स्थापनाको सुरुवाती चरणदेखि कार्यरत कर्मचारीलाई मायाको चिनो र प्रशंसा–पत्र पनि वितरण ग¥यो ।उद्योगका प्रबन्ध निर्देशक अभिनव चुरिवालले कर्मचारीलाई प्रत्यक्ष रुपमा भेटेर अन्तरक्रिया गर्नुको साथै प्रगतिको लागि हौसला प्रदान गर्नुभएको थियो ।

मंगलम उद्योगका प्रबन्धक निर्देशक चुरिवालले भन्नुभयो– ‘हाम्रो शुरुवाती दिनदेखि नै हामीसँग जोडिएर, सुख–दुःखमा पनि सँगै रहेर यो स्थानसम्म हामी आइपुगेका छौँ, यो सबै यहाँहरु कै देन हो ।’

प्रतिक्रिया दिनुहोस्