ट्राफिक जरिवाना कुमारी बैंकको क्युआर प्रणालीबाट हुने



काठमाडौ  ।

कुमारी बैंक लिमिटेडसँगको सहकार्यमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सो कार्यालयसँग सम्बन्धित शुल्क तथा जरिवाना कुमारी बैंकको क्युआर प्रणालीबाट सीधै भुक्तानी गर्न सकिने सेवा शुरू गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी कार्यालयमा मंगलबार आयोजित एक एक कार्यक्रममा प्रमुख अतिथि प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले विधिवत रूपमा सेवा सञ्चालन गर्नुभएको थियो ।एसएसपी जोशीले गृह प्रशासनलाई डिजिटलाइज गर्ने नेपाल सरकारको कार्ययोजना सफल बनाउन यस प्रणालीको सुरुवातले सहयोग पुगेको बताउनु भयो ।

यो सेवाको सुरुवातले अब विना नगद तथा झन्झट सेवाग्राहीले छोटो समयमा नै आफ्नो काम सम्पन्न गरी सेवा प्राप्त गर्न सकिने तथा राजस्व संकलनमा सहज हुने विश्वास व्यक्त गर्नु भयो ।कुमारी बैंकका डिजिटल बैकिङ्ग विभागका प्रमुख अनिश ताम्राकारले समयको परिवर्तन संगै प्रविधिमैत्री सेवा विस्तार गर्न कुमारी बैंक सदैब अगाडि बढिरहने कुरामा जोड दिँदै डाइनामिक क्युआर प्रविधिबाट राजस्व संकलन गर्ने प्रणालकिो सुरुवात एउटा नयाँ आयाम भएको विचार व्यक्त गर्दै आगामी दिनमा अन्य कार्यालयबाट पनि यस प्रकारका सेवा चालु गरिने बताउनुभयो ।

यस प्रणालीअन्तर्गत सेवाग्राहीले राजस्व रकम भुक्तानी गर्दा क्युआर कोड स्क्यान गर्नासाथ रकमसहित सम्पूर्ण विवरण सेवाग्राहीले प्राप्त गरी सीधै भुक्तानी गर्न सकिने जानकारी गराउनुभयो ।कार्यक्रममा फोन पेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले जुनसुकै बैंकमा रहेको खाताबाट क्युआर स्क्यान गरी सुरक्षित डिजिटल प्रणालीबाट भुक्तानी गर्न सकिने सुविधा यस प्रणालीमा रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्