एनसेलले ल्यायो एसईई विद्यार्थीका लागि ‘पहिलो सिम’ योजना



काठमाडौं ।

एनसेल आजियाटा लिमिटेडले २०७९ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीका लागि विषेश अफर ‘पहिलो सिम’ल्याएको छ ।

योजनामा एसईईका विद्यार्थीले प्रिपेड सिमको खरिदमा सोसल मिडिया प्रयोग गर्नक लागि ४ जीबी डेटाका साथै रिचार्जमा बोनसलगायतका विभिन्न फाइदा लिन सक्ने योजना ल्याएको छ ।यो योजना वैशाख १६ देखि सञ्चालनमा आएको छ । एसईई २०७९ को परीक्षाको प्रवेश पत्र भएका सबै विद्यार्थीले आफ्नो वा आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपी, एक प्रति पासपोर्ट साइज फोटोसहित नजिकैको एनसेल सेन्टरबाट र डाइरेक्ट सेलिङ प्वाइन्टबाट यो पहिलो सिम लिन सक्ने कम्पनीले जनाएको छ ।

करसहित ४८ रुपियाँमा लिन सकिने यो सिम कार्डमा विद्यार्थीले १०रुपियाँको मेन ब्यालेन्ससहित सामाजिक सञ्जाल (फेसबुक, यूट्यूब र टिकटक) प्रयोग गर्नका लागि ४ जीबी डेटा (हरेक हप्ता १ जीबी डेटा गरी ४ हप्ता सम्म) को फाइदा लिन सक्ने एनसेलले जनाएको छ ।यसका साथै पहिलो सिम प्रयोग गर्ने विद्यार्थीले रिचार्जमा बोनसको पनि फाइदा लिन सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जसअन्तर्गत विद्यार्थीले ६ महिनासम्म हरेक ५० रुपियाँ वा सोभन्दा बढीको रिचार्जमा सामाजिक सञ्जाल चलाउनका लागि १ जीबी डेटा बोनसस्वरुप प्राप्त गर्ने छन् । प्राप्त बोनस डेटा ७ दिनको लागि मान्य रहने कम्पनीले जनाएको छ ।

सामाजिक सञ्जालको प्रयोगका लागि निश्चित डेटा भोलुभ सहित एसईई दिएका विद्यार्थीकालागि पहिलो सिम योजनालाई निरन्तरता दिन पाएकोमा कम्पनी खुसी रहेको एनसेलले जनाएको छ । विद्यार्थीहरूलाई यस सिम कार्डले नयाँ सम्भावना तथा अवसरसँग सहजै जोडिन सहयोग गर्नुका साथै साथीभाई, परिवारजनसँग सम्पर्कमा सही रहन मद्दत पु¥याउने विश्वास एनसेलले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्