फेरि इन्धनको मुल्य बढ्ने



काठमाडौं  ।
भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोल र डिजेलको मूल्य बढाएर नयाँ सूची नेपाल आयल निगमलाई पठाएपछि नेपालमा पुनः पेट्रोलियम पदार्थको मूल्य बढ्ने भएको छ ।

आईओसीले पठाएको नयाँ मूल्य सूचीमा डिजेल प्रतिलिटर ४० रुपियाँ १३ पैसा, पेट्रोल प्रतिलिटर २३ रुपियाँ २ पैसा र एलपी ग्यासमा प्रति सिलिन्डर १ हजार ५० रुपियाँ घाटा रहेको निगमले जानकारी दिएको छ ।

निगमका अनुसार नयाँ मूल्य सूचीमा पेट्रोल प्रतिलिटर १८३ रुपिया २ रुपियाँ, डिजेल प्रतिलिटर १८३ रुपियाँ १३ लिटर, मट्टीतेल प्रतिलिटर १४० रुपिया १९ रुपियाँ, हवाई इन्धन (आन्तरिकतर्फ) प्रति लिटर १४३ रुपिया ३६ रुपियाँ, बाह्यतर्फ १२३ रुपिया ७८ रुपियाँ र एलपी ग्यास प्रति सिलिन्डर दुई हजार ६५०रुपियाँ १८ पैसा खरिद मूल्य पर्ने छ ।

नेपाल आयल निगमलाई अबको १५ दिनमै पेट्रोलियम पदार्थको बिक्रीबाट ५ अर्ब १९ करोड रुपियाँ घाटा हुने जनाएको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूचीअनुसार अर्काे नयाँ मूल्य सूची नपठाउञ्जेलसम्म पेट्रोलमा ७१ करोड ८३ लाख, डिजेलमा ३ अर्ब पाँच करोड र एलपी ग्यासमा १ अर्ब ७४ करोड रुपियाँ घाटा हुने भएको छ । स्वचालित मूल्य प्रणालीअनुसार यो घाटा समायोजन गर्न निगमले फेरि मूल्य वृद्धि गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्