एनआरएनए स्वास्थ्य समितिमा डा. सापकोटा



काठमाडौं ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समितिका संयोजकमा डा. सञ्जीव सापकोटा मनोनीत हुनुभएको छ । एनआरएनएको शनिबार बसेको ८५ औंं बैठकले डा. सापकोटालाई सो समितिका संयोजकमा पुनः चयन गरेको हो ।

ग्लोबल नेपाली हेल्थ एक्स्पर्ट डा. सापकोटा कोरोना महामारीमा विदेशमा रहेका नेपालीको तथ्याङ्क सङ्कलन तथा स्वास्थ्यसम्बन्धी जनचेतना कार्यमा संलग्न भइसक्नुभएको छ ।

उहाँसँग विश्व स्वास्थ्य संगठनलगायत विभिन्न सरकारी जनस्वास्थ्य निकायमा जनस्वास्थ्य विशेषज्ञ, मेडिकल इपिडिमियोलोजिस्ट, अनुसन्धान वैज्ञानिक, परियोजना प्रबन्धक, वरिष्ठ तथ्याङ्क विश्लेषक, सञ्चार विशेषज्ञलगायत विभिन्न पदमा जनस्वास्थ्य र स्वास्थ्य सेवामा करिब २० वर्ष काम गरेको अनुभव रहेको एनआरएन सञ्चारकर्मी चिरन शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्