युनाइटेड इन्स्योरेन्स सम्मानित



काठमाडाैं ।

छिमेकी मुलुक भारतको कलकत्तामा इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरकोे एसियास्तरको थर्ड इमर्जिङ एसिया इन्सुरेन्स कन्केलभ अवार्ड २०२१मा नेपालबाट युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड सम्मानित भएको छ ।

उक्त अवार्ड कम्पनीका प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलले लिनु भएको थियो । विश्व विख्यात प्राप्त चार्टर एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पीडब्लुसीले स्वतन्त्र रूपमा मूल्यांकन गर्दा विभिन्न वित्तीय सूचाकाङ्कहरूमा उत्कृष्ट कार्यसम्पादन गर्न तथा निर्जीवन बिमा क्षेत्रमा महत्वपूर्ण योगदान दिन सफल युनाइटेड इन्स्योरेन्सले उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो ।

कम्पनीलाई सफलताको दिशामा अग्रसर गराउन सफल प्रमुख कार्यकारी अधिकृत पौडेलले इन्डियन चेम्बर अफ कमर्सलाई धन्यवाद दिँदै उक्त सफलता हात पार्नका लागि साथ दिने सबैलाई धन्यवाद दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्