भृकुटीमण्डपमा जुत्ता चप्पल व्यापार मेला



काठमाडौं (नेस) ।

काठमाडौंको भृकुटी मण्डपमा जुत्ता चप्पल व्यापार प्रवर्धन मेला २०७९ शुरू भएको छ ।फुटवयर म्यानुफ्याक्चर्स एसोसियसन अफ नेपालको आयोजनामा मेला शुरू भएको हो । एसोसिएसनका अध्यक्ष नानीराज घिमिरेले स्वदेशी ब्रान्डको प्रवद्र्धन गर्न राज्यले भूमिका खेल्नुपर्ने बताउनुभयो ।

मेला जेठ ८ सम्म सञ्चालन हुने उपाध्यक्ष एवं मेलाका संयोजक सुरज बन्जाडेले जानकारी दिनुभयो । एक्स्पोमा स्वदेशी २२ कम्पनीका करिब सय वटा स्टल छन् । मेलामा निःशुल्क प्रवेशको व्यवस्था गरिएकोछ ।एक्स्पोमा नेपालमा चर्चित सबै ब्रान्डको सहभागिता रहने उनले बताए । बेस ग्लोबल प्रालि, बेस फुटवेयर इन्डस्ट्रिज, शिखर शुज इन्डस्ट्रिज, कोशेली छाला जुत्ता उद्योग, लालीगुराँस फुटवेयर, रोयल फुटवेयर इन्डस्ट्रिज, शुभकामाना फुटवेयर प्रोडक्ट नेपाल, पवित्र सुज इन्डस्ट्रिज, रन शुज इन्डस्ट्रिज कम्पनीको सहभागिता रहेको छ । त्यस्तै, स्मार्ट सुज, वान ओल्र्ड फुटवेयर, सुरभी पोलीमर्स, सम्राट सुज, नमस्ते फुटवेयर, ओएसिस फुटवेयर, किरण सुज म्यानुफ्याक्चर्स, बोस सुज, फुटस्टेप सुज र नियासा सुजको उपस्थिति गरी कम्पनीको सहभागिता रहेको छ ।

फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालले आयोजना गरेको मेला यसपटक उपभोक्ताको बढी आकर्षण हुने अपेक्षा गरिएको छ । एसोसिएसनले अघिल्ला वर्षहरूमा पनि यस्तो मेला आयोजना गर्दै आएको छ । एसोसिएसनका उपाध्यक्ष रुद्र न्यौपानेले सीमा पारीबाट अनधिकृत रूपमा आउने जुत्ता चप्पलले ठूलो लगानी गरेका स्वदेशी लगानीकर्ताको लगानी जोखिममा परेको, राज्यलाई करोडौं रुपियाँ राजश्व नोक्सानी भएको, रोजगारीको अवसर गुमेको तर त्यसको फाइदा तस्करहरूलाई भइरहेको बताउनुभयो ।

मेलामा भारी छुटमा उपभोक्ताले जुत्ता चप्पल खरिद गर्न सक्नेछन् । १० देखि ५० प्रतिशतसम्म छुट प्रदान हुने भएको छ । राजधानी काठमाडौंमा एसोसिएसनले ६ महिनापछि बृहत् खालको मेला आयोजना भएको हो ।स्वदेशी उत्पादनका बारेमा आम उपभोत्तालाई स्थलगत अवलोकन गराई नेपाली उत्पादनका बारेमा जानकारी दिन यो मेलाले सहयोग गर्दै आएको बताउँदै उनले उपाध्यक्ष एवं मेलाका संयोजक सुरज बन्जाडेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्