महालेखा परीक्षक कार्यालयका कारण इन्टरनेट बन्द हुने अवस्था



काठमाडौं ।

इन्टरनेट सेवा प्रदायकले विदेशबाट ब्यान्डविथ खरिदका निम्ति आवश्यक विदेशी मुद्रा सटहीमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले बेरुजुका औंल्याएपछि इन्टरनेट बन्द हुन सक्ने क्यान महासंघले जनाएको छ ।

क्यान महासंघले आइतबार विज्ञप्ति जारी गर्दै सम्बन्धित निकायलाई जिम्मेवार हुँदै वार्ताबाट समस्या समाधान गर्न आग्रह गरेको छ ।शुक्रबार मात्रै इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) विदेशी मुद्रा कारोबारमा लागेको रोकका कारण अर्को हप्ताबाट देशभर इन्टरनेट सेवा बन्द हुन सक्ने चेतावनी दिएको थियो ।

नेपालमा इन्टरनेट सेवा बाहिरबाट ब्यान्डविथ खरिद गरेर सञ्चालन हुने गरेको छ ।नेपालमा इन्टरनेट सेवा प्रदायकले उक्त ब्यान्डविथ प्रयोगको भुक्तानी विदेशी मुद्रामा गर्नुपर्छ । आईस्पानका अनुसार सञ्चार मन्त्रालयले आईएसपीका भारतीय अपस्ट्रिम प्रदायक सेवा टाटा, एयरटेल, सिफीलाई भुक्तानी गर्न विदेशी मुद्रा सिफारिसमा पूर्ण रोक लगाएको छ ।

६ महिनादेखि ब्यान्डविथ भुक्तानी गर्न नसकेको भन्दै सेवा नै अवरुद्ध हुन सक्ने चेतावनी दिएको हो । बेरुजु देखिएको भन्दै आईएसपीहरूले पाएनन् विदेशी मुद्रा सटही, जुनसुकै बेला इन्टरनेट काटिन सक्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्