दुई दिने बिदाको होटल संघद्वारा स्वागत


कास्की ।

हप्तामा दुई दिन विदा दिने सरकारको निर्णयलाई होटल संघ पोखरा नेपालले स्वागत गरेको छ । संघका अध्यक्ष लक्ष्मण सुवेदीले विज्ञप्ति जारी गरी आगामी जेठ १ गतेबाट लागु हुने गरी मन्त्रिपरिषद्ले गरेको शनिबार र आइतबार बिदा दिने व्यवस्थाले पर्यटन क्षेत्रमा सकारात्मक असर पर्ने जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ– ‘पर्यटन क्षेत्र लामो समयदेखि विविध समस्याबाट प्रताडित हुँदै आएकोमा दुई दिने बिदाको व्यवस्थाले केही रूपमा भए पनि व्यवसायमा राहत पुग्ने विश्वास हामीले लिएका छौं ।’ दुई दिन बिदाको व्यवस्थालाई संघले लामो समयदेखि माग गर्दै आएको पनि अध्यक्ष सुवेदीले स्मरण गराउनुभयो ।

कोभिड– १९ को महामारीबाट सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्र नै हुन पुगेको र दुई दिने विदाको व्यवस्थाले कोरोनाबाट थलिएको पर्यटन क्षेत्रलाई केही रूपमा भए पनि चलायमान बनाउन र आर्थिक गतिविधि बढाउन थप मद्दत पुग्ने विश्वास संघको रहेको सुवेदीले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।