नेपाल एसबीआई बैंक र सिटी एक्सप्रेसबीच सम्झौता



काठमाडौं ।

नेपाल एसबीआई बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स सम्झौता भएको छ ।उक्त सम्झौतामा सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र नेपाल एसबीआर्ई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देको उपस्थितिमा, नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमले हस्ताक्षर गर्नुभएको हो ।

सम्झौताअनुसार नेपाल एसबीआई बैंकको रेमिट्यान्स सिस्टमबाट आउने रकम सिटी एक्सप्रेस मनी ट्रान्सफरका १५ हजारभन्दा बढी सहायक प्रतिनिधिमार्फत् भुक्तानी हुने साथै सिटी एक्सप्रेसमार्फत् आएको रेमिट्यान्स नेपाल एसबीआर्र्ई बैंकका सम्पूर्ण शाखाबाट भुक्तानी गर्ने सम्झौता भएको छ ।सम्झौतापछि देश तथा विदेशमा रहेका ग्राहकले सहज र सुलभ तरिकाले रेमिट्यान्स कारोबार गर्न सक्ने विश्वास दुवै संस्थाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्