समृद्धि फाइनान्स र होटेल गढीबीच सम्झौता



काठमाडौं ।

समृद्धि फाइनान्स कम्पनी लिमिटेड र होटेल गढी भिउ एन्ड रिसोर्ट मकवानपुरबीच सम्झौता भएको छ ।
यो सम्झौतापछि समृद्धि फाइनान्सका ग्राहकलाई होटेल गढी भिउ एन्ड रिसोटले जिपलाइनमा ३० प्रतिशत र फुड र बेभरेजमा १० प्रतिशत छुट दिने भएको छ ।

यो सुविधाबाट फाइनान्सका सम्पूर्ण ग्राहक लाभान्वित हुने विश्वास फाइनान्सका व्यवसाय प्रवद्र्धन विभागका अधिकृत सुरजकुमार सर्राफले बताउनुभयो ।

सो सम्झौतापत्रमा फाइनान्स कम्पनीका तर्फबाट हेटौंडा शाखा प्रमुख राजन शर्मा र होटेल गढी भिउ एन्ड रिसोर्टका तर्फबाट होटेलका अध्यक्ष दिलिप घिमिरेले हस्ताक्षर गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्