सामाजिक अभियान्ता रिता परियार सम्मानित



गोरखा ।

सामाजिक अभियान्ता रिता परियार सम्मानित भएका छन् । परियार बनिता श्रीद्धारा सम्मानित भएका हुन् ।

विगत लामो समयदेखि सामाजिक अभियानमा सक्रिया परियार गोरखा नगरपालिका ६ मा जन्मिएका हुन् । उनी विद्यार्थीकालदेखि नै विभिन्न संघ, संस्थामा रहेर समाज रूपान्तरणका लागि सक्रिय भूमिका निर्वाह गर्दै आएकी छन् ।

अभियान्ता परियार पढाइको सिलसिलामा केही वर्ष बेलायत रहँदा पनि सामाजिक कार्यमा सक्रिय थिइन् भने बेलायतमा पनि विभिन्न सामाजिक कार्यमा उनको संलग्नता छ । त्यहाँबाट नेपाल फेर्केपछि समाज रूपान्तरणको क्षेत्रमा उनको सक्रियता अझै बढेको छ ।

यसै क्रममा परियारले जातीय विभेद र छुवाछुत अन्त्य गरौँ भन्ने नाराका साथ पश्चिमको चाँदनी–दोधारादेखि पूर्वमेचीनगर काँकडभिट्टासम्म ५४ दिन राष्ट्रव्यापी पैदल यात्रा गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्